काठमाडौं, २८ भदौ। ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो। आज सदस्य राष्ट्रका नेताहरू र अन्य आमन्त्रित देशका प्रमुखहरू सहभागी हुने खुला बैठक बस्दैछ।
बैठकमा ब्रिक्ससँग जोडिएका विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ देशका नेताहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्।
सम्मेलनको पहिलो दिन नै भारतले हाल ब्रिक्स राष्ट्रहरूको आफ्नै कुनै साझा मुद्रा बनाउने प्रस्ताव नरहेको स्पष्ट पारेको छ।
यद्यपि, विदेश मन्त्रालयले ब्रिक्स देशहरूबीच स्थानीय मुद्रामा आपसी व्यापार र भुक्तानीलाई प्रवर्द्धन गर्ने विषयमा भने छलफल भइरहेको जनाएको छ।