भन्सार छलेर ल्याइएका १७ भारतीय इलेक्ट्रिक स्कुटर बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २५, बिहिबार (१६ मिनेट अघि)
  • ५८ पटक पढिएको
भन्सार छलेर ल्याइएका १७ भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगञ्ज, २५ भदौ। भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ २३ गते अपराह्न वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूबाट अवैध रूपमा सञ्चालन भइरहेका ती स्कुटरहरू नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका १७ वटा इलेक्ट्रिक स्कुटरहरूको अनुमानित मूल्य १३ लाख ६० हजार रुपैयाँ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले नियन्त्रणमा लिइएका स्कुटरहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जानकारी दिए ।

प्रहरीले अवैध रूपमा भन्सार छली सञ्चालन गरिएका सवारीसाधनमाथि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस