
काठमाडौं, २१ साउन। भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।
उच्च सरकारी स्रोतका अनुसार उनी सम्भवत अर्को सात नेपाल आउने छन् । उनी २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको रुपमा पद सम्हालेका थिए ।
भारतीय प्रधानसेनापति नेपाली सेनाको पनि मानार्थ प्रधानसेनापति हुने चलन छ । नेपालका प्रधान सेनापति र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्का देशमा जाने चलन पनि छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने संभावना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेट हुने नहुने निश्चित चाहिँ छैन ।
