मधेशका रास्वपा सांसदको भेटमा गृहमन्त्रीको भूमिकामाथि उठ्यो प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • ३६ पटक पढिएको
मधेशका रास्वपा सांसदको भेटमा गृहमन्त्रीको भूमिकामाथि उठ्यो प्रश्न

काठमाडौँ, १४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा मधेशका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन् ।

सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सभापति लामिछानेसँगको भेटमा सहभागी मधेशका एक सांसदले भने, ‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ । त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन । सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं ।’

सभापति लामिछानेले पछिल्लो घटनामा संवदेनशील भएको बताएका थिए । आपसी सद्भाव कायम राख्न आफू नै मधेश जाने सोचमा समेत रहेको सभापति लामिछानेले बताएको छलफलमा सहभागी एक सांसदले जानकारी भएन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस