मन्त्री नआए पनि संसदीय समितिको बैठक सञ्चालन हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (१ हप्ता अघि)
  • ३६ पटक पढिएको
मन्त्री नआए पनि संसदीय समितिको बैठक सञ्चालन हुने

काठमाडौं, ०४ जेठ। मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधिसभा नियमावली बनाइँदैछ ।

सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका माननीय सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

उक्त मस्यौदा नियमावलीको नियम १७८ मा संसदीय विषयगत समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । नियम १७८ को उपनियम ४ मा भनिएको छ, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकताअनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्नेछ ।’

यसअघि संसदीय समितिका सबै बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य थियो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७८ को उपनियम ४ मा भनिएको छ, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्नेछ ।’

यसलाई बदलेर मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी नयाँ नियमावली बनाउन लागिएको हो ।

मन्त्रीको समय नल्दिा संसदीय समितिको बैठक नै बस्न नसक्ने भएकाले यस्तो समस्या आउन नदिनका लागि विधेयकमाथि हुने छलफलमा मात्रै मन्त्रीको उपस्थिति अनिवार्य हुने गरी नियमावली बनाउन लागिएको रास्वपाका नेताहरू बताउँछन् । यसले समितिको बैठक सञ्चालनमा सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस