मुख्यमन्त्री शाहले आज राजीनामा दिँदै, नयाँ सरकार गठनको तयारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (३ हप्ता अघि)
  • ६१ पटक पढिएको
मुख्यमन्त्री शाहले आज राजीनामा दिँदै, नयाँ सरकार गठनको तयारी

धनगढी, २८ साउन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज राजीनामा दिने भएका छन् । आज साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले  राजीनामा दिने भएका हुन् ।

प्रदेशसभामा सम्बाेधन गरेपछि शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।

गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समय सीमा पनि आज पूरा हुँदैछ।

यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक पनि बुधवार बसेको थियो। मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबिच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस