मोबाइल लुटेर फिरौती मागेको आरोपमा विराटनगरबाट ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (१ साल अघि)
  • १०९ पटक पढिएको
मोबाइल लुटेर फिरौती मागेको आरोपमा विराटनगरबाट ३ जना पक्राउ

विराटनगर,२८ जेठ। मोबाइल लुटेर फिरौती मागेको आरोपमा विराटनगरबाट ३ जना पक्राउ परेका छन्। प्रहरीले भारतीय नागरिकसँगको मिलेमतोमा मोबाइल लुटेर फिरौती रकम माग गरेको आरोपमा पक्राउ गरेको हो। 

विराटनगर महानगरपालिका–१६ का १९ वर्षीय प्रलवकुमार विक, दीपक अधिकारी र २३ वर्षीय मुकेश सरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भारतीय नागरिक २२ वर्षीय गोलु सिंह फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस