राजनीतिक दललाई राज्यबाट अनुदान दिनुपर्ने प्रस्ताव प्रमुख निर्वाचन आयुक्तको

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (१ घण्टा अघि)
  • २५ पटक पढिएको
राजनीतिक दललाई राज्यबाट अनुदान दिनुपर्ने प्रस्ताव प्रमुख निर्वाचन आयुक्तको

काठमाडौँ, १३ साउन। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा प्राप्त गरेको मतका आधारमा राजनीतिक दलहरूलाई अनुदान दिने प्रस्ताव गरेका छन् । संसदीय सुनुवाइका क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

‘राजनीतिक दलहरूलाई चन्दाको निर्भरताबाट मुक्त गर्न र निष्पक्ष प्रतिस्पर्धालाई बढावा दिन राजनीतिक दलले पछिल्लो निर्वाचनमा प्राप्त गरेको मत र अन्य सर्वस्वीकार्य सूचकहरूको आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने विषयमा आवश्यक कानूनी तथा नीतिगत सहजीकरण गर्ने,’ कार्कीको प्रस्ताव छ ।

संसदीय सुनुवाइ समितिमा कार्कीले पेस गरेको कार्ययोजनामा यस्तो प्रस्ताव गरिएको हो । यसअघि नै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई उसका गतिविधि सञ्चालन गर्न खर्च रकम दिने अवधारणा अगाडि थियो । तर मूर्तरुप पाउन सकेको छैन ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदामै राजनीतिक दलहरूलाई सरकारले रकम उपलब्ध गराउने अवधारणालाई कानुनी रुपमै सम्बोधन गर्ने प्रस्ताव गरेको थियो । तर यसको मोडालिटी क्लियर छैन । राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदामा स्टेट फन्डिङबाट जानुपर्छ भन्ने दफा समावेश गरेपनि यो ऐन बन्न सकेको छैन । यहि बेला प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनमा प्राप्त गरेको मतका आधारमा राजनीतिक दलहरूलाई अनुदान दिने प्रस्ताव गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस