राजनीतिक पूर्वाग्रहले मुलुकको हित हुँदैन : देउवा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (८ घण्टा अघि)
  • ६८ पटक पढिएको
राजनीतिक पूर्वाग्रहले मुलुकको हित हुँदैन : देउवा

काठमाडौं, २८ साउन। नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्ने बताएका छन्। आजै सिंगारपुरमा उपचार गराएर स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्नेकुरा आफूले राम्रोसँग जानेको भनेका हुन् ।

उनले आफ्नो दायित्व भुलेर सरकार राजनीतिक आग्रह पूर्वाग्रह साँध्न लाग्ने हो भने त्यो मुलुकको हितमा नहुने बताएका छन्।

‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्, ‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन । त्यसैले जनताको आकांक्षा पुरा गर्ने बाटोमा सरकार अघि बढ्नु पर्छ । ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन ।’

उनले परिवर्तन व्यवस्थापन प्रक्रियामा सहयोग गर्न तयार रहेको पनि बताएका छन्। ‘हामी अन्धाधुन्ध दौडिने छैनौं, विवेक, पारदर्शिता र न्यायका आधारमा प्रत्येक रूपान्तरणलाई अघि बढाउनेछौं,’ उनले भनेका छन्।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस