राष्ट्रिय सभाको बैठक प्राविधिक अवरोधका कारण स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (९ घण्टा अघि)
  • ७० पटक पढिएको
राष्ट्रिय सभाको बैठक प्राविधिक अवरोधका कारण स्थगित

काठमाडौं, १९ असार। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

प्रावधिक समस्याका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

१७ मिनेटसम्म पनि बैठक चल्यो । केही सांसदहरूले आफ्ना कुरा राखे । तर सभाको प्रत्यक्ष प्रशारणमा अडियो आइरहेको थिएन ।

अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको हो ।

प्रावधक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जनाइएको छ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरूबारेको सन्देश टेबुल गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको छ ।

यसबाहेक आज राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय छ ।

विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकहरूमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत छलफल हुनेछ ।

आजै, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस