रास्वपाको स्वागत गेट हटाएर ट्यांकर बोकेका ५ भारतीय ट्रक पार गराइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (२ घण्टा अघि)
  • ३१ पटक पढिएको
रास्वपाको स्वागत गेट हटाएर ट्यांकर बोकेका ५ भारतीय ट्रक पार गराइयो

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा लागि तयार गरिएका गेटका कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।

शनिबार दिउँसो २ बजेतिर पूर्वी चितवनको टिकौली जंगल आइपुगेका ट्रक स्वागत गेट कट्न नसकेर रातभर निपनी भन्ने स्थानमा रोकिएका थिए ।

आज बिहान ट्रकलाई पार गराएपछि पुन: यथास्थानमा ती गेटहरु राखिएको छ । सुरुमा ट्रकहरुलाई ३ दिनसम्म निपनीमा नै बस्न भनिएको थियो तर पछि स्वंयसेवक र प्रहरी मिलेर गेट हटाएर ट्रकहरु पास गराइएको हो ।

ट्रक चालकले कुरिनटारमा रहेको बाह्रसिङ्गे वियरको सामग्री बोकेर आएको बताएका छन् । रास्वपाका प्रतिनिधि तथा सहभागीहरुका लागि भरतपुरका विभिन्न क्षेत्रमा स्वागतका लागि गेटहरु निर्माण गरिएका छन् । तर, यिनै स्वागत गेटको उचाइ भन्दा अग्ला ट्रकहरु आउँदा समस्या भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस