
काठमाडौं, १६ असार। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूचीमा संशोधन गरेको छ । यसअघि विजयी घोषित दुई उम्मेदवार केन्द्रीय समितिबाट बाहिरिएका छन् भने दुई जना नयाँलाई निर्वाचित घोषणा गरिएको छ ।
रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोलाले मतपरिणाममा गडबडी गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन् । आफूलाई पन्छाएर कम मत ल्याउनेलाई विजयी घोषणा गरिएको उनको दाबी थियो । आयोगले बास्तोलाको दाबीलाई सदर गरेको छ ।
नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार्दै प्रादेशिक केन्द्रीय सदस्यमा गण्डकीबाट बास्तोलालाई विजयी बनाइएको हो । यसअघि सो क्षेत्रबाट विजयी घोषित सोम शर्मालाई केन्द्रीय समितबाट हटाइएको छ । उनी बाग्लुङ २ बाट निर्वाचित सांसद हुन् ।
