
काठमाडौ, १० जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ ।
पार्टीले रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरेको थियो ।
विवादित जिल्ला समिति भंग गरेर केन्द्रीय तहबाट नेताहरू पठाएर शनिबार (हिजो) विस्तारित बैठक गरिएको थियो । केन्द्रीय नेताहरूसहित हिजो भएको विस्तारित बैठकले तदर्थ समिति गठन नगरी वडा र पालिका अधिवेशनमा लाग्ने निर्णय गरेको हो ।
वडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ । पालिका अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ । तदर्थ समिति गठनको भएका वडाको अधिवेशन जेठ १२ गते र गठन हुन बाँकी रहेका पालिकाको तदर्थ समिति १३ गते गर्ने निर्णय गरिएको छ ।
वडा/पालिका समिति गठन गर्न ५ जना प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ ।

