रास्वपा महाधिवेशनमा डिजिटल मतदान : विदेशी प्रतिनिधिले मोबाइलबाटै भोट हाल्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १०, बुधबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
रास्वपा महाधिवेशनमा डिजिटल मतदान : विदेशी प्रतिनिधिले मोबाइलबाटै भोट हाल्ने

काठमाडौं, १० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् ।

विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन् । त्यसका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस