रास्वपा महाधिवेशनस्थल जलमग्न, मोटर लगाएर पानी फाल्दै कार्यकर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
रास्वपा महाधिवेशनस्थल जलमग्न, मोटर लगाएर पानी फाल्दै कार्यकर्ता

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उदघाटनस्थल पानी जमेको छ ।

महाविधेशन उदघाटन समारोहस्थल गेष्टहाउस चौरमा सहभागीहरु बस्नका लागि तयार गरिएको छानोसहितको ‘जर्मन ह्याङ्गर’ को तल भुइँमा जमेको हो । अहिले स्वयंसेवकहरुले मोटर लगाएर पानी फ्याँकीरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौर होचो भाग भएकाले पानी पर्नासाथ जम्ने गर्दछ ।

महाधिवेशन उदघाटन स्थलमा सहभागीहरु बस्न बनाइएका तीन वटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लम्बाइको मुख्य खण्डको ह्यांगर तल पानी जमेको छ । मुख्य सेक्सनभन्दा माथिको ह्यांगरमा भने खासै पानी जमेको छैन । तल्लो सेक्सनमा छिपछिपे पानी छ ।

‘मुख्य सेक्सनमा गोलीगाँठोसम्म डुब्ने पानी जम्मा भएको छ । सो पानीलाई हटाउने काम भैरहेको छ,’ रास्वपाका एक नेताले भने ।

घामपानी छेक्न बनाइएका ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्ने आयोजकको भनाइ छ ।

दिउँसो २ बजे मात्रै रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र हुने भएकाले त्यतिजेलसम्म पानी सुक्ने विश्वास गरिएको छ ।

महाविधेशनको रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साहले घण्टी बजाएर महाधिवेशन उदघाटन गर्दै छन् ।

चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उदघाटन सत्र गेस्ट हाउस चौरमा हुने भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस