रेड नोटिस जारी भएका बलात्कार आरोपी सिन्धुलीबाट पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (१ हप्ता अघि)
  • ४१ पटक पढिएको
रेड नोटिस जारी भएका बलात्कार आरोपी सिन्धुलीबाट पक्राउ

काठमाडौ, १८ जेठ। बालिका बलात्कार कसुरमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् । उनलाई कमलामाई–८ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनले ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ६ पुस २०८२ मा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका बोगटीविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस