रौतहटमा एकैदिन दुई दुर्घटना हुंदा दुबै जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (१ साल अघि)
  • १०० पटक पढिएको
रौतहटमा एकैदिन दुई दुर्घटना हुंदा दुबै जनाको मृत्यु

पवन कुमार उपाध्याय
असोज ०३, रौतहट

रौतहटमा बिहिबार एकै दिन अलग अलग स्थानमा दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो । रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडामा चन्द्रपुर(गौर सडक खण्डमा मयुरीले पैदल यात्रुलाई ठोकर दिदा गभिर घाईते बनाएका थिए । ठक्कर दिएर गम्भिर घाईते बनाएका गढिमाई नगरपालिका निवासि तथा हाल गरुडा नगरपालिका-४ गरुडामा बसोबास गर्ने राम साह रौनियारलाई स्थानियहरुले उपचारको लागी गरुडा स्थित रहेको हेल्थ ल्याण्ड हस्पिटल पुरयााएका थिए ।

तर अवस्था गम्भिर रहेका कारण समान्य उपचार पश्चात थप उपचारको लागी बिरंगज रेफर गरिएको थियो । बिरगंज लैजादै क्रममा गम्भिर घाईते भएका रौनियारको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएका छन । साथै ठक्कर दिएर गम्भिर घाईते बनाई भागेका मेयुरी चालक र म.प्र.०३(००१ ह ३४१४ नम्बरको मयुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताए ।

त्यसतै रौतहटमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको कटहरिया बजार देखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा मोटरसाइकलबाट दुर्घटना हुँदा कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरीया बस्ने सिकदेव पासवानको छोरा अन्दाजि २५ वर्षिय रामजनम पासवानको मृत्यु भएको छ । मृतक पासवानले आफ्नो दिदी घर बाराको सिसवा सोनाहा जादै थियो ।

कटहरिया गम्हरी सडक खण्ड स्थित लालबकैया पुल पारी मधेश प्रदेश ०३(०२८प ४९४१ नम्बरको अपाचे मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृत्यु पासवानलाई पोस्टमार्टमको लागी गौर पठाइएको समाचार श्रोतले जनाएको छ । ज्यान गुमाएको पासवानको विहे भइसकेको छ भने करिब १ वर्षको छोरा समेत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस