रौतहट प्रहरीले लागु औषध सहित २ जना मानिस पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन २०, बिहिबार (५ साल अघि)
  • १२६ पटक पढिएको
रौतहट प्रहरीले लागु औषध सहित २ जना मानिस पक्राउ


वर्तमानकाल समाचारदाता । रौतहट । फागुण २० गते

रौतहट प्रहरीले लागु औषध सहित २ जना मानिसलाइ पक्राउ गरेको छ । बुधवार बिहान ८ बजेको समयमा जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थितमा यस जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी चौकी लक्ष्मिपुर बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारत विहार राज्य सितामढी जिल्ला वैरगनीया भकुरहर वस्ने अन्दाजी वर्ष १८ को निखिल कुमार श्रीवास्तव र ऐ. वस्ने वर्ष १८ को श्याम कुमार यादव एउटै साईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा रोकी उनीहरुले वोकेको झोला चेकजाँच गर्दा सो झोलावाट नुफिन २ एमएल को १८० पिस, डाईजेलेप २ एमएल को १२० पिस, २ एमएल को फेनरागन १८० पिस, र डाईजेपाम–६० पिस गरी जम्मा–५४० पिस, सहित उनीहरुलाई फेला पारी, साईकल समेत यस कार्यालयमा दाखिला गरेको हुँदा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी न्यायीक हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस