ललितपुरमा कारको टायरमा गोली प्रहार गरी लागुऔषधसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३१, आईतबार (१ घण्टा अघि)
  • २३ पटक पढिएको
ललितपुरमा कारको टायरमा गोली प्रहार गरी लागुऔषधसहित एक जना पक्राउ

 काठमाडौं, ३१ जेठ । कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठूलो मात्रामा लागुऔषध बरामद गर्नुका साथै तीन जना पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका ३५ वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र अर्का भारतीय ३३ वर्षीय महमद सद्दाम छन् ।

बाराको सिम्रौनगढबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश बीएडी ९२०१ नम्बरको रातो कारभित्र ठूलो परिमाणमा लागुऔषध ट्रामोडल ल्याएको सूचना पाएपछि ब्यूरोको टोलीले पिछा गरेको थियो ।

उक्त कारका साथै बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल समेत भेटिएको र रोक्न खोज्दा भागेपछि टायरमा गोली हानेर नियन्त्रणमा लिइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।

दायाँतर्फको टायरमा एक राउण्ड गोली हानिएको प्रहरीले बताएको  छ । उनीहरूबाट २० हजार क्याम्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले बताएको छ । यसका साथै ५ थान मोबाइल पनि बरामद भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस