ललितपुरमा जुवाडेमाथि छापा, २१ जना पक्राउ, ९ लाख बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (३ हप्ता अघि)
  • ११० पटक पढिएको
ललितपुरमा जुवाडेमाथि छापा, २१ जना पक्राउ, ९ लाख बरामद

काठमाडौं, १९ चैत। प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ स्थित चाँगाथलीबाट २१ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवा खालबाट ९ लाख ७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताए ।

ग्रिन सिटी भिल्लाको दोस्रो तला बुक गरेर मोहन कृष्ण शाहीले कौडा खेलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति जुवाखालबाट पक्राउ परेका आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिहरेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस