लागुऔषध मुद्दामा दोषी ठहरिएका व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ३१, आईतबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
लागुऔषध मुद्दामा दोषी ठहरिएका व्यक्ति पक्राउ

काठमाडौं, ३१ साउन। लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर भएका २४ वर्षीय जय किशोर प्रसाद यादव छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ३० वैशाख २०८१ मा काठमाडौं जिल्ला अदालतले उनलाई लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

फरार उनलाई प्रहरीले २९ साउनमा काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस