लिग २ मा नेपालविरुद्ध स्कटल्याण्डको ब्याटिङ सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (२१ घण्टा अघि)
  • ३१ पटक पढिएको
लिग २ मा नेपालविरुद्ध स्कटल्याण्डको ब्याटिङ सुरु

काठमाडौं, ०४ जेठ। आईसीसी लिग-२ अन्तर्गत आजको खेलमा नेपालविरुद्ध स्कटल्याण्डले पहिले ब्याटिङ गर्दैछ । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएका हुन् ।

आजको खेलमा नेपालले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।

स्कटल्याण्डले भने यो शृङ्खलामा खेलका २ वटै खेल जितेको छ । नेपाल र अमेरिका दुवैलाई २/२ रनले पराजित गरेको थियो । स्कटल्याण्डले आज ओली जोन्सलाई डेब्यू दिएको छ ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, इशान पान्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी ।

ताजा अपडेट

खोजी गर्नुहोस