
काठमाडौँ, १५ साउन। लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ ।
मधेशका केही जिल्लामा उत्पन्न परिस्थितिका कारण परीक्षाको मिति र समय संशोधन गरिएको आयोगले जनाएको छ ।
परीक्षार्थीहरूको आवतजावतमा पर्न जाने असुविधालाई मध्यनजर गरी १६ साउनदेखि २१ गतेसम्मआयोग अन्तर्गतका कार्यालयहरूबाट सञ्चालन हुने परीक्षाको समय संशोधन गरिएको हो ।
१६ गतेदेखिको परीक्षाको समय २३ गतेबाट हुने भएको छ ।
हेर्नुहोस् सूचना–

