
काठमाडौं, २८ वैशाख। सरकारी ठेक्का अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कारबाही थालेको छ। जसक्रममा शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्।
शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। सहरी विकास मन्त्रालयको अनुरोधमा उनलाई पक्राउ गरी मन्त्रालयमा पठाइएको एसएसपी सन्तोष खड्काले बताए।
पटक–पटक ताकेता गर्दा पनि शर्माको कम्पनीले सरकारी ठेक्काको काम नसकेपछि पक्राउ गरेर कारबाही थालिएको मन्त्रालयले जनाएको छ।
