विपिन आचार्यको माग– मिडिया गेट घटनाको निष्पक्ष अनुसन्धान गरियोस्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (१२ घण्टा अघि)
  • ३७ पटक पढिएको
विपिन आचार्यको माग– मिडिया गेट घटनाको निष्पक्ष अनुसन्धान गरियोस्

काठमाडौं, १९ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मिडियाको गेटमा गाडी राखिएको घटनाको सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर, हिमालय टिभी, काान्तिपुरको गेटमा २९ असारमा शंकास्पद गाडीहरू राखिएको थियो ।

उक्त घटनाबारे सोधिएको प्रंश्नमा रास्वपा महामन्त्री आचार्यले पार्टीले त्यसका विषयमा अनुसन्धान गर्ने र सरकारले पनि गर्नुपर्ने बताए ।

हिमालय टिभीसँग अन्तवार्ताको क्रममा रास्वपा महामन्त्री आचार्यले भने, ‘मिडिया हाउसहरूको घर अगाडि राखेको कुरा कुनै एउटा व्यक्तिको घरमा र्‍यान्डम्ली राखेको कुरा होइन । यसको पार्टीले अनुसन्धान गर्छ नै । राज्यले पनि यस्ता विषयमा अनुसन्धान गर्नुपर्नेमा म प्रष्ट छु ।’

मिडियाको गेटमा शंकास्पद गाडी राखिएपछि पार्टीले त्यतिबेला नै आफ्नो धारणा प्रष्ट पारेको पनि आचार्यले बताए ।

‘यस्तो घटना एउटा लोकतान्त्रिक देशका लागि सही होइन भन्ने विना सर्तको बुझाइको आधारमा त्यतिबेला नै प्रेस रिलिज जारी गरेका थियौं । समाजका लागि त्यस्ता घटना अक्षम्य हो भनेर त्यतिबेला नै प्रष्टसँग भनेका थियौं,’ उनले भनेका छन् ।

आचार्यले पार्टीको अनुशासन आयोगको प्रमुख नियुक्त भइसकेको र उक्त घटनामा संलग्नलाई आयोगले मिहीन ढंगले हेर्ने जानकारी गराए ।

कान्तिपुर पब्लिकेसन्सको गेटमा राखिएको गाडी ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ । उनी रास्वपाको विभाग सदस्य समेत थिए ।

जयसवालाई तत्कालीन महामन्त्री भूपदेव शाहले विभाग सदस्यमा मनोनीत गरेका थिए । उक्त गाडीले चितवनमा रास्वपाको महाधिवेशन हुँदा गृहमन्त्री सुधन गुरुङले नाकामा छड्के गर्न जाँदा स्कर्टिङ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस