विराटनगर विमानस्थलमा दोब्बर मूल्य असुल्ने ४ क्याफे कारबाहीमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (९ घण्टा अघि)
  • २६ पटक पढिएको
विराटनगर विमानस्थलमा दोब्बर मूल्य असुल्ने ४ क्याफे कारबाहीमा

विराटनगर, २७ जेठ। विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले यात्रीसँग अत्यधिक मूल्य असुलेको पाइएपछि स्थानीय प्रशासनले कारबाही गरेको छ ।

मंगलबार बेलुका जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा आकस्मिक अनुगमन भएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग चर्को मूल्य लिएर ठगी गर्ने चारवटा होटल र क्याफेलाई ३ लाखका दरले   जरिबाना गरेको हो ।

विमानस्थलमा खाजा र पेय पदार्थको मनपरी मूल्य लिने गरेको जनगुनासो बढेपछि अनुगमन टोली पुगेको थियो । अनुगमनका क्रममार व्यवसायीहरूले यात्रीको बाध्यताको फाइदा उठाउँदै सामानको मूल्य दोब्बरभन्दा बढी लिने गरेको तथ्य फेला परेको हो ।

ममता होटलग्यालेक्सी क्याफे एण्ड होटलगरिमा क्याफे,अनुकुल होटेल एन्ड भान्सा घरलाई जरिवाना गरेको हो ।

ममता होटलले १०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई २०० रुपैयाँमा बिक्री गरेको थियो । ग्यालेक्सी क्याफे एण्ड होटलले ५० रुपैयाँ पर्ने कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल काटेको थियो ।

गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोला ८० रुपैयाँमा बिक्री गरेको थियो । अनुकुल होटलले ८ रुपैयाँ पर्ने चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन२०७५ बमोजिम प्रत्येक होटललाई ३–३ लाख रुपैयाँका दरले तत्कालै जरिबाना गरिएको सहायक प्रजिअ सरोजराज कोइरालाले जानकारी दिए ।

अनुगमन टोलीमा वाणिज्य कार्यालयका प्रतिनिधिप्रहरी र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस