विश्वकप भ्रमणको तयारीमा रहेका एन्फा अध्यक्ष–महासचिवलाई राखेपको रोक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २५, सोमबार (७ घण्टा अघि)
  • ३२ पटक पढिएको
विश्वकप भ्रमणको तयारीमा रहेका एन्फा अध्यक्ष–महासचिवलाई राखेपको रोक

काठमाडौं, २५ जेठ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको छ ।

फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई राखेप पुगेका थिए ।

तर, राखेपले तत्कालको अवस्थामा पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

स्रोतका अनुसार विदेश जाने बाटो खुला गर्न भन्दै एन्फा पदाधिकारीहरू अध्यागमन विभाग पनि पुगेका थिए । तर, अध्यागमनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट नै सिफारिस लिएर आउन भनेपछि उनीहरू आज राखेप पुगेका हुन् ।

११ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा सहभागी हुन अध्यक्ष नेम्बाङ र महासचिव राई आजै राति मेक्सिको जानेगरी तयारी गरेका थिए । यद्यपि उनीहरूको प्रयासलाई राखेपले भने रोक लगाएको छ ।

आर्थिक विषयको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस