
काठमाडौं, ०३ भदौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका भट्ट २९ साउनमा एमालको समर्थनमा मुख्यमन्त्री भएका थिए ।
भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले मंगलबार नै सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन भनेका थिए ।
उनको पत्रअनुसार आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।
