वीरगञ्जबाट बैंकिङ कसुरमा फरार ठाकुर पक्राउ

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८३ जेष्ठ ४, सोमबार (१ हप्ता अघि)
  • ४२ पटक पढिएको
वीरगञ्जबाट बैंकिङ कसुरमा फरार ठाकुर पक्राउ

काठमाडौं, ०४ जेठ। बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–११ निवासी ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान करिब ७ बजे आफ्नै निवास क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पर्सा जिल्ला अदालतको फैसलाअनुसार ठाकुरलाई बैंकिङ कसुर मुद्दामा १ महिना कैद तथा ९ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका ठाकुरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस