शंकास्पद गाडी पार्किङ प्रकरण : एमालेले भन्यो– ‘यो मण्डलेतन्त्रको राज्य आतंक हो’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
शंकास्पद गाडी पार्किङ प्रकरण : एमालेले भन्यो– ‘यो मण्डलेतन्त्रको राज्य आतंक हो’

काठमाडौं, ३० असार। नेकपा एमालेले मिडिया हाउस अगाडिको शंकास्पद गाडी पार्किङलाई पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको संज्ञा दिएर विरोध गरेको छ ।

प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै एमालेका सांसद गणेशसिंह ठगुन्नाले यस्तो बताएका हुन् ।

‘मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यलय वा घरमा सावरीसाधन तेर्साएर मानसिक त्रास फैलाउने जुन काम भएको छ’ उनले भने, ‘हेर्दा यो सांकेतिक र सानो घटना भएपनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवातको झझल्को हामीलाई याद आउँछ ।’

अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो ।

एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो गर्‍यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।

मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाबारे संसद्मा प्रश्न उठेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस