शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी’ नाराबाजी, प्रदर्शनकारी विद्यार्थी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ७, बिहिबार (१ दिन अघि)
  • ४४ पटक पढिएको
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी’ नाराबाजी, प्रदर्शनकारी विद्यार्थी पक्राउ

काठमाडौँ , ०७ साउन। शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले ‘नेपो बेबी’ भन्दै प्रदर्शन गरेका छन् ।

त्रिभुवन बिश्वविद्यालयको ६७औं वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोरखेलबिरुद्ध युवाहरुले नेपो बेबी भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘नेपो बेबी मुर्दावाद’, ‘मेरिटोक्रेसी लागू गर’  लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् । विश्व विद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस