शेखर गोल्छा पक्राउ, कारणबारे अनुसन्धान जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (४ महिना अघि)
  • १४६ पटक पढिएको
शेखर गोल्छा पक्राउ, कारणबारे अनुसन्धान जारी

काठमाडौं, १० वैशाख। शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उनलाई आज भैरहवाबाट नियन्त्रणमा लिइएको हो।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। पक्राउको कारण र उनीमाथि लगाइएका आरोपबारे विस्तृत जानकारी भने हालसम्म सार्वजनिक गरिएको छैन।

गोल्छाको पक्राउसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस