‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न नपाइने हो ?’ संसद्मा निश्कल राईको कटाक्ष

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न नपाइने हो ?’ संसद्मा निश्कल राईको कटाक्ष

काठमाडौं, ३० असार। नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,’ श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’

कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् ।

उनले राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको पनि बताए । सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेको उनले बताए ।

उनले अलोकतान्त्रिक हर्कत गर्ने सरकारको कदम सोमबार देखिएको उल्लेख गरे । कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंकको अवस्था भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस