
काठमाडौँ, २५ बैशाख। ले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ ।
सिहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष बैंशाख २८ गते बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न अनुरोध गर्ने र सांसदहरुको उपस्थीतिका लागि आह्वान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले विदेशस्थित १५ जना नेपाली कन्सुलर जनरल र कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
त्यस्तै बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ नंवर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न श्रम मन्त्रालयलाई स्वीकृति दिएको उहाले जानकारी दिनुभयो ।
