संविधान र गणतन्त्रमा कुनै सम्झौता हुँदैन: रवि लामिछाने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ६, शनिबार (१ घण्टा अघि)
  • २४ पटक पढिएको
संविधान र गणतन्त्रमा कुनै सम्झौता हुँदैन: रवि लामिछाने

काठमाडौं, ०६ असार। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज नगर्ने बताएका छन् । शनिबार रास्वपाको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याउँदा भएका त्याग, बलिदान, संघर्षको जगमा हामी उभिएका छौं । र, हामीलाई यसमा गर्व छ,’ लामिछानेले भने, ‘हिजोको त्याग र बलिदानको उचाइको काँधमा बस्न पाएकाले आफूले फराकिलो दृश्य देख्न पाएका छौं ।’

ती मूल्यमान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने उनले बताए । ‘म पनि कहिल्यै विमुख हुनेछैन,’ उनले भने ।

यस्तै आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण कुरा रहेको उनले बताए । उनले भने, ‘आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त सभापतिका रूपमा, संस्थापक सभापतिका रूपमा कति भूमिका निर्वाह गर्न सके वा सकिनँ यहाँहरूले मूल्यांकन गर्ने कुरा हो ।’

आफ्ना लागि आन्तरिक लोकतन्त्र र निष्ठा कम्प्रोमाइज गर्ने विषय नभएको उनले दाबी गरे ।

‘मैले त्यसमा कहिल्यै पनि कम्प्रोमाइज नगर्ने वचनबद्धता गरेको छु । म यस्ता गर्नुपर्ने प्रयास आफ्नो राजनीतिक जीवनभरी गरिरहने छु,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस