संसद्मा जानुअघि सभामुखसँग रवि–बालेनको ५ मिनेट छलफल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (१ घण्टा अघि)
  • २० पटक पढिएको
संसद्मा जानुअघि सभामुखसँग रवि–बालेनको ५ मिनेट छलफल

 काठमाडौं, ३० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एकसाथ प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नुअघि अगाडि रवि–बालेनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरे ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एकसाथ प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नुअघि अगाडि रवि–बालेनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरे ।

करिब ५ मिनेट बसाइपछि रवि–बालेन एकसाथ प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा न्याय परिषद्को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, लोक सेवा आयोगको ६६ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयकलाई प्रस्तुत गर्ने कार्यसूची छ ।

नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने विषय छ ।

राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्यैसूची पनि छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) लाई अनुमोदन गर्ने विषय पनि कार्यसूचीमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस