संसद्‍मा लुगा–चस्माको बहस नगर्न रास्वपा सांसदको आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (१ घण्टा अघि)
  • ५० पटक पढिएको
संसद्‍मा लुगा–चस्माको बहस नगर्न रास्वपा सांसदको आग्रह

काठमाडौं, २६ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद अमृता बिकले कसले कस्तो लुगा लगायो भनेर संसद्मा विषय उठाउन आवश्यक नरहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

प्रतिपक्षको काम सरकारलाई गाली गर्ने मात्रै नभएर सरकारलाई सही दिशा दिने रहेको बताउँदै सांसद बिकले प्रतिपक्षले प्रश्नसँगै विकल्प पनि दिनुपर्ने बताइन् ।

‘तर, आज हाम्रो प्रतिपक्षको बहस हेर्दा देशको विकास, शिक्षा र अर्थतन्त्रभन्दा कसले कस्तो लुगा लगायो ? कुन रङको चस्मा लगायो ? कसले जिब्रो चिप्ल्यायो भन्ने कुराले सदनमा बढी ठाउँ पाएको देखिन्छ’, सांसद बिकले भनिन् ।

यस्तो प्रवृति त्यागेर सदनमा प्रतिपक्ष र सत्तापक्ष दुवैले सदनलाई नीति अनुसन्धान गर्ने थलो बनाउनुपर्ने बताइन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस