संसद् बैठक केहीबेर रोकियो, १५ मिनेटपछि पुनः सुरु हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १२, मंगलबार (६ घण्टा अघि)
  • ५० पटक पढिएको
संसद् बैठक केहीबेर रोकियो, १५ मिनेटपछि पुनः सुरु हुने

काठमाडौ, १२ जेठ। आज चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुनिँदै गएपछि बैठक स्थगित गरेका छन् ।

संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

त्यही विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका थिए । जसमा पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । साेही प्रस्तावमा रास्वपाका केही सा‌ंसद छलफलमा सहभागी पनि भएका थिए ।

त्यसपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेका लागि स्थगित भएकाे सूचना दिएका हुन्र ।

 

ताजा अपडेट

खोजी गर्नुहोस