
जनकपुरधाम, ०७ वैशाख। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन सुरू गरिएको छ । एक सञ्चारकर्मीसँगको फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले उनीमाथि छानबिन थालिएको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार एसएसपी कमल थापा संयोजक रहेको ५ सदस्यीय छानबिन समिति बनाइएको हो ।
थपलियाले भने, ‘एसपी केसी र एक व्यक्तिबीचको फोन संवाद बाहिरिएको छ, जसको व्यापक आलोचना भइरहेको छ । सोही विषयमा हामीले छानबिन अघि बढाएका छौँ ।’
‘मलाई फसाउन उहाँले अरुमार्फत षड्यन्त्र गर्नुभएको छ । केही दिनअघि मलाई पनि फोन गरेर धम्क्याउनुभएको थियो’, आलम भन्छन् ।
यस विषयमा प्रतिक्रिया लिन पटक–पटक प्रयास गर्दा पनि एसपी केसीसँग सम्पर्क हुन सकेको छैन । मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गरिने जनाएको छ ।
