सरकारी कर्मचारीको नयाँ तलबमान लागू, कुन तहले कति पाउने?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २१, बिहिबार (१ महिना अघि)
  • ८८ पटक पढिएको
सरकारी कर्मचारीको नयाँ तलबमान लागू, कुन तहले कति पाउने?

काठमाडौं, २१ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले पठाएको नयाँ तलबमान मन्त्रिपरिषद्ले स्वीकृत गरेर कार्यान्वयनका लागि पठाएको हो ।

अर्थ मन्त्रालयले गत साउन ६ गते कर्मचारीहरुको नयाँ तलबमान प्रस्ताव गर्दै पठाएको थियो । मन्त्रिपरिषद्ले करिब १५ दिनपछि उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउनदेखि लागू हुनेगरी राष्ट्रसेवक कर्मचारीहरुको तलबमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेका थिए ।

निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तिभरण प्रयोजनसमेत)का लागि अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान कायम गरिएको छ।

त्यसैगरी, प्रत्येक पदको एक दिनको तलबबराबरको ग्रेड रकम निर्धारण गरिएको छ। यससँगै कर्मचारीहरुले १० प्रतिशत प्रोत्साहन भत्तासमेत पाउने व्यवस्था गरिएको छ ।

यसैगरी, पेन्सनधारीहरुको हकमा भने मासिक पेन्सन रकममा १० प्रतिशत वृद्धि हुने भएको छ । नयाँ तलबमान स्वीकृत भएसँगै कर्मचारी तथा पेन्सनधारीले साउन महिनादेखि नै बढेको सुविधा पाउनेछन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस