सुकुमवासी र अव्यवस्थित बसोबासीलाई सरकारको अन्तिम आह्वान : निवेदन दिनुस्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ४, सोमबार (४ दिन अघि)
  • ४७ पटक पढिएको
सुकुमवासी र अव्यवस्थित बसोबासीलाई सरकारको अन्तिम आह्वान : निवेदन दिनुस्

काठमाडौँ , ०४ साउन। सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ ।

भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो ।

स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी यही साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दिनुपर्छ ।

स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ ।

कुन-कुन स्थानीय तहका लागि मागियो निवेदन ? हेर्नुहोस् सूचना :

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस