सुकुमवासी होल्डिङ सेन्टरमा एक जनाको शव फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (३ हप्ता अघि)
  • ८७ पटक पढिएको
सुकुमवासी होल्डिङ सेन्टरमा एक जनाको शव फेला

काठमाडौं, २८ साउन। भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् ।

मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए ।

उनका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् ।

प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।

उनी थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए । सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस