सुकुम्बासीको पुनर्वास गर्न हर्क साम्पाङको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३, बुधबार (३ घण्टा अघि)
  • २४ पटक पढिएको
सुकुम्बासीको पुनर्वास गर्न हर्क साम्पाङको माग

काठमाडौं, ०३ असार। श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले सुकुम्वासीलाई पुनर्वासको माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहको निर्देशनमा घरबारबिहीन बनाइएको बताए ।

“सुकुम्वासी अव्यवस्थित बसोबासीको घरमा डोजर चलाएर बेघर बनाउनुभयो । बेहाल स्थिति छ,” उनले भने ।

होल्डिङ सेन्टरमा खानाको अभाव भन्दै आन्दोलन गरेको भिडियो आएको बताए । उनले सुकुम्वासी जहाँ थिए, त्यहीँ सिटी प्लान गरेर पुनर्वासको व्यवस्था गरे सरकारको वाहावाही हुने बताए ।

“पुनर्वासको व्यवस्था होस् । मेरो माग चाहीँ के छ भने उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यहीँ सिटी प्लान गरी पुनर्वास गराउँदा सरकारको वाहवाही हुनेथियो,” उनले भने ।

सदनमा सीमाबारे प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति हटाउन माग दोहोर्‍याए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस