सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध, आज औपचारिक घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध, आज औपचारिक घोषणा

काठमाडौँ, २५ बैशाख। पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।

यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ । किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग पार्टी एकताको सैद्धान्तिक सहमति भएको र त्यसको जानकारी आज पत्रकार सम्मेलनमार्फत् दिइने बताए ।

भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटन मन्त्री समेत बनेका थिए । तर जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपाल सहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए । माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए । फागुन २१ को निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि पार्टी अहिले कमजोर अवस्थामा पुगेको छ ।

रास्वपा छाडेर प्रलोपा रोजेका अध्यक्ष परिषदका अर्का सदस्य समेत रहेका सन्तोष परियार पनि पार्टीबाट अलग भइसकेका छन् ।

उता श्रम संस्कृति पार्टी भने निर्वाचनबाट संसदको पाँचौं ठूलो दल बनेको छ । निर्वाचनका बेलादेखि नै किराती श्रम संस्कृतिका पार्टीका नेताहरुसँग सम्पर्कमा रहेको र अहिले पार्टी एकताको चरणमा पुगेको स्रोत बताउँछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस