सुनसरी घटनामा चार जनाको मृत्युको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १९, मंगलबार (२ महिना अघि)
  • १११ पटक पढिएको
सुनसरी घटनामा चार जनाको मृत्युको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

काठमाडौं, १९ साउन। नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समितिको माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरे।

उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।

उनले भने, ‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ। यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन।’

ताजा अपडेट

खोजी गर्नुहोस