सेयर बजार विकासको कार्ययोजना ल्याउँदै धितोपत्र बोर्ड, लगानीकर्तालाई धैर्य गर्न आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३०, मंगलबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
सेयर बजार विकासको कार्ययोजना ल्याउँदै धितोपत्र बोर्ड, लगानीकर्तालाई धैर्य गर्न आग्रह

काठमाडौं, ३० असार। नेपाल धितोपत्र बोर्डले पूँजी बजार विकासका लागि आजभोलिमै कार्ययोजना  ल्याउने भएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सेयर बजार अनुकूल हुनेगरी दुई दिनभित्र कार्ययोजना ल्याइने जानकारी दिए ।

अनलाइनखबरसँग कुराकानी गर्दै भट्टले आफू लगानीकर्तासँग निरन्तर सम्वादमा रहेको र सम्भव भएमा आज अन्यथा भोलिसम्म बजार विकासको स्पष्ट कार्यायोजना ल्याइने बताए ।

‘स्पष्ट मार्गचित्र सार्वजनिक गर्न बोर्ड तयारीमा जुटिरहेको छ, जसमा समय तोकेरै नेप्सेको पुनर्संरचनादेखि बोर्डको संस्थागत सुधार, नयाँ प्रविधि विकास, कारोबारका विविध उपकरणका विषय समेट्नेछौं’ अध्यक्ष भट्टले भने ।

बोर्डले एक वर्षभित्र गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउने उनले बताए । लगानीकर्तालाई धैर्य रहन आग्रह गर्दै उनले बजेटमा उल्लेख गरिएका विषयलाई समेट्दै मार्गचित्र ल्याइने बताए ।

यसैबीच बजार लगातार घटेपछि लगानीकर्ताको एक समूह आजै धितोपत्र बोर्ड घेराउ गर्न गएको थियो । लगानीकर्ता तिलक कोइरालाको अगुवाइमा गएको समूहले बजारमा मनोबल बढ्नेगरी कार्यायोजना ल्याउन बोर्डलाई सुझाव दिएको छ ।

कोइरालासँग फोन कुराकानीमा अध्यक्ष भट्टले लगानीकर्तासँग छलफल गरी आजभोलिमै स्पष्ट कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएका थिए ।

सोमबार सेयर बजार करिब ८ महिनाकै न्यूनतम विन्दुमा झरेको छ । सोमबार कायम भएको नेप्सेको २५७० अंक कायम मंसिर ४ गतेयताकै न्यून हो । सो दिन नेप्से २५६० अंकमा थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस