स्मार्ट सेल प्रकरण : भूपेन्द्र भण्डारी पक्राउ, अनुसन्धान थप तीव्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १५, शुक्रबार (३ घण्टा अघि)
  • ४४ पटक पढिएको
स्मार्ट सेल प्रकरण : भूपेन्द्र भण्डारी पक्राउ, अनुसन्धान थप तीव्र

काठमाडौँ, १५ साउन। स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेका हो । सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताए ।

स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्‍याएको आरोप उनीमाथि छ ।

रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए । टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि भण्डारी उक्त पदमा पुगेका हुन् ।

सचिवालयमा कार्यरत रहेकै बेला उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस