स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (४ महिना अघि)
  • १०० पटक पढिएको
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं, २६ वैशाख। बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँ रहेकाे जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

अटो रिक्सामा नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको उनकाे भनाइ छ । सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस