स्वर्णिमको रास्वपा प्रवेशबारे श्रीराम– ‘अर्थनीति कागजी सूत्र होइन’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २४, आईतबार (१ घण्टा अघि)
  • ६५ पटक पढिएको
स्वर्णिमको रास्वपा प्रवेशबारे श्रीराम– ‘अर्थनीति कागजी सूत्र होइन’

 काठमाडौं, २४ साउन। डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउन भूमिका खेलेका श्रीराम न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अर्थनीति सूत्रबारे टिप्पणी गर्दै अर्थनीति कागजी सूत्र नभएको बताएका छन् ।

२०८० वैशाखमा भएको उपनिर्वाचन अघि स्वर्णिमलाई रास्वपामा प्रवेश गराउन श्रीरामले भूमिका खेलेका थिए । उपनिर्वाचन अघि उनै श्रीरामले अर्थमन्त्री वाग्लेलाई तनहुँ–१ को क्षेत्र घुमाएका थिए । क्षेत्रको अवस्था बुझिसकेपछि स्वर्णिम कांग्रेस परित्याग गर्ने निर्णयमा पुगेका थिए ।

यसपटक स्वर्णिम सोही स्थानबाट दोहिरिँदा तनहुँ–२ बाट श्रीरामले निर्वाचन जिते । एउटै जिल्लाका दुईटा क्षेत्रबाट निर्वाचित स्वर्णिम र श्रीरामको सम्बन्ध विग्रिएको दुवैलाई परिचितहरुले जानकारी गराएका छन् ।

सम्बन्धमा दरार आएपछि स्वर्णिमको कार्यक्षमता माथि श्रीरामले प्रश्न उठाएका छन् ।

‘संविधानको भावना र नेपाली यथार्थ विपरीत गरिएको प्रयोगपछि जनदबाबका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर छुट दिने निर्णय भयो,’ श्रीरामले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले देखाउँछ– अर्थनीति कागजी सूत्र होइन, जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा अडिएको हुनुपर्छ ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस