८ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, दरखास्त आह्वान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (४१ मिनेट अघि)
  • ३९ पटक पढिएको
८ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, दरखास्त आह्वान

काठमाडौँ, २५ बैशाख। आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।

समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।

समितिले आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न भनेको छ ।

सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए । त्यसैले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ ।

No description available.

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस